ए डिभिजन लिग : मनाङ, सातदोबाटो र हिमालयन शेर्पा विजयी
नेपालखोज
२०७९ फागुन २४ गते २२:१७

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले सङ्कटा क्लबलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा मनाङले सङ्कटा क्लबलाई एक–शून्य गोलले हराएको हो । मनाङका लागि उज्वेकिस्तानका विङ्गर सेदजामोलले गोल गरे । मनाङले दुई खेलमा चार अङ्क जोड्दा सङ्कटाले दुई खेलमा एक अङ्क जोडेको छ ।
आजै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई एक–शून्य गोलले हराएको छ । यस्तै अर्काे खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई एक–शून्य गोल अन्तरले हराएको छ ।
सम्बन्धित
प्रतिक्रिया