राष्ट्रपति निर्वाचन आज, नतिजा आजै सार्वजनिक गरिने
नेपालखोज
२०७९ फागुन २५ गते ६:१२

काठमाडौं । राष्ट्रपतिको निर्वाचन आज हुँदै छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(एमाले) का उम्मेद्वारले प्रतिष्पर्धा गर्दै छन् ।
निर्वाचन प्रक्रिया बिहान १० बजेबाट संघीय संसद् कार्यालय बानेश्वरमा सुरु हुँदै छ । निर्वाचन आयोगले १० बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको छ ।
नतिजा आजै सार्वजनिक गर्ने आयोगले जनाएको छ । नेपाली कांग्रेसबाट उम्मेद्वारको रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । यस्तै, नेकपा(एमाले)को तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेद्वार छन् । कांग्रेस उम्मेद्वार रामचन्द्र पौडेललाई आठ दलले समर्थन गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया