शनिबार, वैशाख १५, २०८१

मेघगर्जन/हावा-हुरी र असिनासहित वर्षाको सम्भावना 

नेपालखोज २०७९ चैत ७ गते ६:२८

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ/हावा-हुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ/हावा-हुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया