नेपालले पीएनजीलाई दियो २९८ रनको लक्ष्य
नेपालखोज
२०७९ फागुन २५ गते १३:२१

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको छ । जुन एक दिवसीय क्रिकेट इतिहासमा नेपालकोे अहिलेसम्मकै उच्च स्कोर हो ।
नेपाल ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको हो । नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले । उनी ११० रनमा आउट भए ।
पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए । भीम सार्कीले ४४ रन बनाए । रोहितकुमार पौडेल ३० तथा आरिफ शेख १५ रनमा आउट भए ।
यसअघि नेपालले लिग टू अन्तर्गत नै २ फागुनमा त्रिवि मैदानमा नामिबियाविरुद्ध लक्ष्य पूरा गर्ने क्रममा नेपालले २८७ रन बनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया