सन्दीपकाे ४ विकेटमा नेपालको सानदार जित
नेपालखोज
२०७९ फागुन २५ गते १६:४५

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले सानदार जित निकालेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।
जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९।१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया