आइतबार, वैशाख २३, २०८१

इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपालखोज २०७९ फागुन २५ गते २०:२८

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सुर्खेतमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोह विच भब्यताको साथ सञ्चालन गरेको छ । कार्यक्रम सुर्खेत स्थित होटल बुलबुलेको सभाहलमा १६१ जना समुह अध्यक्षहरुको समुपस्थितिमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङ्ग संग सम्वन्धि विषयमा प्रशिक्षित गरको थिए । शाखामा भएका कुल १८२ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्य कमला दर्लामीलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि देवकोटाले बताए ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख विशेश्वर विष्टले स्पष्ट पारेका थिए । कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामुहिक सहयोग सामुहिक प्रयासको लागि समिति विष्णु कुमारी शाहीको अध्यतामा समेत गठन गरेको कार्यक्रम सञ्चालक लक्ष्मण शाहीले बताए ।

कार्यक्रममा मध्यपश्चिम विश्व बिद्यालयका प्राध्यापक कमल बहादुर सिंहको समेत उपस्थिति रहेको थियो । साथै कार्यक्रम चन्द्रकली गौतमको सभावतित्वमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया