मंगलबार, असोज १, २०८१

महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश

नेपालखोज २०७९ जेठ ८ गते ११:३९

काठमाडौं । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि २८औं वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका एक सय तीनवटा शाखाबाट करिब ६ लाख ग्राहकहरूलाई उच्चस्तरिय वित्तिय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

यस सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, सेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

२८औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना एक सय तीन शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकलेू रक्त्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्कि रहने अभावलाई केहि हदसम्म भएपनि पूराहोस् भन्ने अभिप्रायका साथ ३३ वटा शाखाहरूबाट रक्तदान कार्यक्रम संचालन गरेको छ ।यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरूका कर्मचारीहरूको सहभागितामा वित्तिय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्र्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया