दूध लिटरमा १४, पनिर किलोमा १४० र घिउको मूल्य २ सयले बढ्यो

नेपालखोज २०७९ फागुन २५ गते २१:१५

काठमाडौं । देशभरका निजी डेरीहरुको संस्थाले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् ।

उनीहरुले पनिरको मूल्य किलोमा १४० रुपैयाँले वृद्धि गरेका छन् भने घिउको मूल्य पनि लिटरमा २०० रुपैयाँले बढेको छ । यस्तै दहीको मूल्य लिटरमा २५ रुपैयाँले बढेको छ ।

नयाँ मूल्यवृद्धि पछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ । यस्तै दहीको मूल्य एक लिटको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रति ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ कायम भएको छ ।

सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको एक सतापछि निजी डेरीहरुले दुग्धजन्य पदार्थको मूल्य कुनै मापदण्ड विनै वृद्धि गरेका हुन् ।

प्रतिक्रिया