मंगलबार, वैशाख ३०, २०८२

दक्षिण अफ्रिकाका १४ आप्रवासीको ट्युनिसियामा डुबेर बेपत्ता

नेपालखोज २०७९ फागुन २५ गते २२:११

ट्युनिस । ट्युनिसियाको स्फ्याक्स सहरको तटीय क्षेत्रमा सब–सहारा अफ्रिकाका १४ आप्रवासीको डुबेर मृत्यु भएको तटरक्षक बलले बिहीबार जनाएको छ । ‘कोस्टगार्डको गस्ती टोलीले गएराति डुबेको डुङ्गाका विभिन्न उप–सहारा अफ्रिकी राष्ट्रियताका ५४ जनाको उद्धार गरेको छ र १४ जनाको मृत शरीर फेला पारेको छ,’ प्राधिकरणले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ट्युनिसियाका राष्ट्रपति काइस सैयदले गत महिना जातीय हिंसाको लहर चलेको र देशको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने ‘आपराधिक षडयन्त्र’को प्रतिनिधित्व गरेको आरोप लगाएपछि ट्युनिसियाका अश्वेत आप्रवासीले जातिवादी हिंसाको चाप बढेको गुनासो गरेका छन् । सयौँ घरबारविहीन भएका छन् र धेरैले आफ्नो दूतावासमा स्वदेश फिर्तीका लागि दर्ता गराएका छन् । इटालीको लाम्पेडुसा टापुबाट एक सय ५० किलोमिटर (९० माइल) को दूरीमा रहेको ट्युनिसिया लामो समयदेखि अफ्रिकी युद्ध र गरिबीबाट भागेर युरोपमा राम्रो जीवन बिताउनका लागि एउटा मार्ग बनेको छ ।

उत्तर अफ्रिकी मुलुकले अफ्रिकाका अन्य भागबाट लगभग २१ हजार कागजातविहीन आप्रवासीहरूलाई आश्रय दिन्छ, जुन जनङ्ख्याको ०.२ प्रतिशतभन्दा कम हो । रोमले गत फेब्रुअरीमा १८ हजार ट्युनिसियालीसहित ३२ हजारभन्दा बढी आप्रवासी ट्युनिसियाबाट इटाली पुगेको बताएको थियो ।

युरोपेली सरकारहरू, विशेष गरी रोममा, देशलाई बहाव रोक्न दबाब दिएका छन्, र ट्युनिसियाली तटरक्षकले नियमितरूपमा आप्रवासीहरू बोक्ने डुङ्गाहरूलाई आफ्नो क्षेत्रीय जलक्षेत्रमा रोक्दछ, जुन विश्वको सबैभन्दा खतरनाक आप्रवासन मार्गको भाग हो । लामो समयदेखि चलिरहेको सामाजिक–आर्थिक सङ्कटबाट थकित ट्युनिसियालीहरू आप्रवासी प्रवाहको ठूलो हिस्सा हो ।

प्रतिक्रिया