देशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
नेपालखोज
२०७९ फागुन २६ गते ६:३३

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित

प्रतिक्रिया