बुधबार, असार ११, २०८२

सभामुख घिमिरे आज बहराइन जादैं

नेपालखोज २०७९ फागुन २६ गते १२:२८

काठमाडौं । सभामुख देवराज घिमिरेले आज बहराइन जाने भएका छन् ।

घिमिरे बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जान लागेका हुन् ।

उनी ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शुक्रबार साँझ जाने भएका छन् ।  सभामुख घिमिरेको नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया