मंगलबार, असार १०, २०८२

बढ्दैछ एच थ्री एन टु (H3N2 ) भाइरसको फ्लू

नेपालखोज २०७९ फागुन २६ गते १३:५९

काठमाडाैं । अहिले इन्फ्लुएन्जा ‘ए’ भाइरसको एच थ्री एन टु ( H3N2 ) सबटाइपको कारणले हुने फ्लूका घटना बढदै गएको बताईन्छ । सबै उमेरका मानिसलाई असर गर्ने यो भाइरसमा कोभिड–१९ कै जस्तो लक्षण देखिएको छ। वायु प्रदुषणका कारण यो भाइरस अझ छिटो फैलन सक्ने भाइरोलोजिस्टहरू बताउँछन् ।

एच थ्री एन टु का लक्षण
ज्वरो, कफ, वाकवाकी, उल्टी, घाँटी दुख्ने, शरीर दुख्ने, थकान, आन्द्रा सून्निनुका साथै रगत सहितको पखाला । यसका साथै सास फेर्न गाह्रो भए वा लगातार ज्वरो आए, छाती दुखे, खाना खान बन्द भए तथा चक्कर लाग्ने समस्या भए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

एच थ्री एन टु को संक्रमणबाट जोगिन अपनाउनु पर्ने सावधानी

कमजोर प्रतिरक्षा हुँदा यसमा गम्भीर लक्षणहरू देख्न सकिन्छ, विशेष गरी बालबालिका, वृद्ध र बिरामी व्यक्तिहरूमा ।अक्सिमिटरको सहायताले अक्सिजनको स्तर निरन्तर जाँच गरिरहनुपर्छ । यदि अक्सिजनको स्तर ९५ प्रतिशत भन्दा कम छ भने तुरुन्तै डाक्टर कहाँ जानुपर्छ । यदि अक्सिजनको स्तर ९० प्रतिशत भन्दा कम छ भने गहन हेरचाह आवश्यक हुन सक्छ । यसमा आफ्नै मनले औषधि सेवन गर्नु खतरनाक हुन सक्छ । बालबालिका तथा वृद्धवृद्धालाई ज्वरो र कफजस्ता समस्या भए चिकित्सकसँग परामर्श लिनुपर्छ । यो संक्रमण भाइरसका कारणले हुने रोग भएको हुनाले एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन ।

कसरी रोक्ने संक्रमण

यो संक्रमण रोक्ने केहि उपाय छन । यसमा प्रायः ती उपायहरू मात्र भनिएको छ जसलाई कोरोना महामारीका बेला निरन्तर अपनाउन सल्लाह दिइएको थियो। यो एक सामान्य इन्फ्लुएन्जा भाइरस हो जुन वर्षा वा जाडो मौसममा हुन्छ। बालबालिका, वृद्ध वा बिरामीमा संक्रमणको लक्षण देखिए जतिसक्दो चाँडो चिकित्सकसँग परामर्श लिनुपर्छ ।

रोग प्रतिरोधक क्षमता बढाउन तरकारी एवं पौष्टिक तत्व भएका खानेकुरा बढी खानुपर्छ । यसमा गम्भीर लक्षण भएका व्यक्तिलाई अस्पतालमा भर्ना गर्नुपर्छ । हल्का लक्षण भएका व्यक्तिले घरमै बसेर डाक्टरसँग परामर्श लिनुपर्छ । पारासिटामोल खान सकिन्छ। अधिकतम आराम र मनतातो पानीले मद्दत गर्छ । यो भाइरसमा उत्परिवर्तन हुन सक्छ जसका कारण एकपटक संक्रमित भैसकेक‍ो मानिस लाई फेरि संक्रमण हुने सम्भावना हुन्छ ।

बालबालिकाहरुको स्वास्थ्यप्रति अभिभावकहरु नै बढी सचेत हुनुपर्छ । यसको रोकथामका लागि वर्षमा एक पटक इन्फ्लुएन्जा खोप लगाउन सकिन्छ । वर्षाअघि इन्फ्लुएन्जाको खोप लगाउँदा रुघाखोकी, ज्वरो तथा खोकीको जोखिम ७० प्रतिशतले कम हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका तथा मधुमेह र मुटुसम्बन्धी रोग भएका व्यक्तिले इन्फ्लुएन्जाको खोप अवश्य लिनुपर्छ ।

प्रतिक्रिया