पाँच जना डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपालखोज २०७९ फागुन २६ गते १४:४५

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको वैठकले पाँच जना डीआईजीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेका हुन् । गृहसचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गरेको हो ।

एआईजीमा बढुवा हुने डीआईजीहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् । नेपाल प्रहरीमा लामो समयदेखि पाँच जना डीआईजीको पद रिक्त थियो ।

बढुवा सिफारिस समितिका सदस्य सचिव समेत रहेका आईजीपी सिंहद्वारा शुक्रबार जारी सूचनामा प्रहरी नियमावली (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरी सम्बन्धित सबैका लागि जानकारी दिएको जनाएका छन् । सेवा अवधिका कारण आईजीपी सिंहले आउँदो चैत ११ गते अवकाश लिँदैछन् ।

प्रतिक्रिया