शनिबार, असार ७, २०८२

उपराष्ट्रपतिकाे उम्मेद्वारी टुंगो लगाउन एमालेले बाेलायाे सचिवालयको बैठक

नेपालखोज २०७९ फागुन २६ गते १४:५४

काठमाडौं ।  नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ । बैठक भाेलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने जनाइएकाे छ ।

यता ८ दलीय गठबन्धनबाट जसपाले उपपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने कार्यक्रम रहेको छ भने शनिबार उम्मेद्वारी दर्ताको कार्यतालिका छ । 

प्रतिक्रिया