मंगलबार, असार १०, २०८२

आईपीओ जारी गर्दै सर्वोत्तम स्टिल

नेपालखोज २०७९ फागुन २६ गते १७:१६

काठमाडौं । सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी मध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्ने  छ । यसको लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आइरहेको छ ।

प्रतिक्रिया