मंगलबार, वैशाख १६, २०८२

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै घोराहीको ज्यामिरे दह

नेपालखोज २०७९ फागुन २७ गते ७:४५

काठमाडाैं । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ ।

अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ पुनले । जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उनकाे भनाइ छ ।

दैनिक सरदर ४० जना यहाँ आउने गरेका छन् । मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुन्छ । पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहेका छन् । मासिक रू १५ हजारसम्म आम्दानी हुने गरेको उनी । एक सय २० मिटर गहिरो उक्त दहको १२ बिघा क्षेत्रमा पानी छ भने वरिपरीको क्षेत्रफल पाँच किलोमिटर छ । ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले डुङ्गा सञ्चालन गरिएको छ । यहाँ डुङ्गा सवार गर्न, पौडी खेल्न र वनभोजका लागि सर्वसाधारण पुग्ने गरेका छन् । प्राकृतिक रूपमा रहेको उक्त दह बवरपर पर्खाल निर्माण गरिएको छ । बिदाको समय तथा चाडपर्वमा डुङ्गा शयर गर्नेको घुइँचो लाग्छ ।

डुङ्गा शयर गरेबापत एक जनाबाट रु ५० लिने गरिएको छ । ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै यहाँ व्यापारसमेत बढेको घोराही उपमहानगरपालिका–१३ कमलघारीकी गीता नेपालीले । उहाँ चार वर्षदेखि ज्यामिरे दहनजिकै व्यापार गर्दै आएका छन् । दह रहेको क्षेत्रमा प्रतिक्षालय र खानेपानीको व्यवस्था भए सहज हुने स्थानीय टीकाराम गिरी बताउँछन्।

प्रतिक्षालय नहुँदा घुम्न आउनेलाई समस्या भएको छ । “यस क्षेत्रको विकास गर्न सके धेरै सम्भावना छन्”, उनले भने । यसलाई पर्यटकीय हब बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनकाेे भनाइ छ ।

प्रतिक्रिया