खालिस्तान समर्थक भएको आरोपमा ६ वटा युट्युब च्यानलमाथि प्रतिबन्ध

भारत । भारत सरकारले खालिस्तानलाई समर्थन गरेको आरोपमा ६ वटा युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ । भारत सरकारका सूचना तथा प्रसारण सचिव अपूर्व चन्द्राले पछिल्ला १० दिनमा विदेशबाट चल्ने ६ देखि ८ युट्युब च्यानलमा प्रतिबन्ध लगाइएको बताए । उनले ती च्यानलहरूले पञ्जाबी भाषामा सीमावर्ती प्रदेशमा समस्या सिर्जना गर्न खोजेको बताए ।
सरकारको यो निर्णय अघि पनि भारतमा खालिस्तानको मुद्दा चर्चामा थियो । खालिस्तान समर्थक र ‘वारिस पञ्जाब दे’ का प्रमुख अमृतपाल सिंहले आफ्ना समर्थकहरूसँग अजनालाको प्रहरी चौकीमा आक्रमण गरेका छन्। उनले आफ्ना एक साथीलाई रिहा गर्न माग गरेका थिए । युट्युबले सरकारको अनुरोधमा कारबाही गरिरहेको अर्का वरिष्ठ अधिकारीले बताए । युट्युबलाई ४८ घण्टाभित्र यी च्यानलहरू ब्लक गर्न अनुरोध गरिएको छ।
अधिकारीका अनुसार सरकारले युट्युबलाई आर्टिफिसियल इन्टेलिजेन्स र एल्गोरिदमको प्रयोग गरी थप यस्ता आपत्तिजनक सामग्री पहिचान गर्न र ब्लक गर्न भनेको छ।

प्रतिक्रिया