शुक्रबार, असार ६, २०८२

‘जसपाबाट आधिकारिक उम्मेद्वार को बन्ने भन्ने आइतबार थाहा हुन्छ’

नेपालखोज २०७९ फागुन २७ गते १८:२९

काठमाडौं । सत्तागठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उपराष्ट्रपतिमा उम्मेद्वारी दिएकी प्रमीलाकुमारी यादवले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वार को बन्ने भन्ने भाेलि (आइतबार) थाहा हुने बताएकी छन् ।

शनिबार उपराष्ट्रपति पदमा उम्मेद्वारी दर्ता गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जसपा नेता यादवले जसपाका तर्फबाट उम्मेद्वारी दिएका दुई जनामध्ये को आधिकारिक उम्मेद्वार बन्ने भन्ने आइतबार थाहा हुने बताएकी हुन् ।  

जसपाबाट दुई जनाको उम्मेदवारी परे पनि पार्टीले गर्ने निर्णय आफूले मान्ने उनको भनाइ छ । ‘मेरो उम्मेदवारी चुनावसम्मकै लागि गरेको हो। हामी दुवै जनाको इच्छा भयो त्यसैले दुई जनाको उम्मेदवारी पर्‍यो,’ उनले भनिन्, ‘पार्टीले अब निर्णय गर्छ। पार्टीको निर्णय म फलो गर्छु ।’

प्रतिक्रिया