शुक्रबार, असार ६, २०८२

राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै, निजी निवासमा सर्ने तयारी

नेपालखोज २०७९ फागुन २८ गते ८:१४

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीले दुवै कार्यकाल पूरा गरेकी हुन् ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।

उनी पहिलो पटक २०७२ साल कार्तिक ११ गते राष्ट्रपति भएकी थिइन् । उनको पहिलो कार्यकाल भने दुई वर्ष चार महिनाको मात्र रहेको थियो । दोस्रो कार्यकाल भने उनी पूर्ण समय व्यतित गरेकी छिन् ।

संविधानअनुसार राष्ट्रपतिमा दुई कार्यकाल भन्दा बढी एकै व्यक्ति हुन पाउँदैन । भण्डारीको कार्यकाल आजबाट सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । यही फागुन २५ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया