भोलिसम्ममा शीतलनिवास खाली गराइने

काठमाडाैं । आगामी पाँच वर्षका लागि निर्वाचित नयाँ राष्ट्रपतिका लागि भोली सोमबारबाट राष्ट्रपतिको कार्यालय शीतलनिवास खाली गराइने भएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । उनी नयाँ राष्ट्रपतिले शपथ लिएकै दिन शीतलनिवास खाली गराउने तयारीमा छन् । कार्यकाल सकिएपछि भण्डारी बुढानिलकण्ठ-२ चपलीमा रहेको निजि निवासमा जानेछिन् ।
भण्डारीले ७ वर्ष राष्ट्रपतिको जिम्मेवारीमा रहेर आजबाट विदा लिन लागेकी हुन् । उनी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् । भण्डारीको दोस्रो कार्यकाल पनि आजबाट सकिनेछ ।
नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । पौडेको भोली सोमबार शपथ लिने कार्यक्रम छ । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि निजि निवास बोहोराटारमा बस्दै आएका छन् । पौडेललाई निजि निवासमा ठाउँ अभावका कारण भेटघाटमा पनि समस्या भइरहेको छ । पौडेलले शपथ लिएपछि भण्डारीले शीतलनिवास छाड्नुपर्ने भएको हो ।
भण्डारी शीतलनिवासबाट बूढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने तयारी भएको उनको सचिवालयले जनाएको छ । उनी २९ गते निजी निवासमा सरेर शीतलनिवास खाली बनाउने तयारीमा लागेकी छन् । पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेपनि केहि कार्य बाँकी रहेको र एकै दिनमा सम्भव नहुने भएकाले भोलीसम्मको समय लिने बताइएको छ ।
अहिले पनि राष्ट्रपति विद्यादेवी भण्डारीको बुढानिलकण्ठमा रहेको निजी निवासमा मर्मत सम्भार चलिरहेको छ । उनले अगाडी देखिनै नयाँ राष्ट्रपति चुनिने भएपछि निजी निवासमा जानुपर्ने भन्दै तयारी थालेकी थिइन् । तर, मजदुर लगायतका विषयले समयमा नै उनको निवास तयार हुन सकेको थिएन् । अहिले घरमा रङ रोगनलगायत अरू काम धमाधम भइरहेको छ । फागुन २० गतेसम्म घर तयार पान भनिएपनि काम भने सकिएको छैन् ।
प्रतिक्रिया