बिहीबार, चैत १५, २०८०

स्कोडा कुशाकको नयाँ मोडलका लागि बुकिङ खुल्याे

नेपालखोज २०७९ फागुन २८ गते १२:१०

काठमाडाैं । नेपालका लागी स्कोडाको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले २०२३ मोडलको स्कोडा कुशाकका लागि वुकिङ खूल्ला गरेको छ ।

केही सातामै नेपाली बजारमा आउने यो नयाँ मोडलको शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने टप भेरिएन्टलाई ७४ लाख ९० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

कुशाक २०२३ मोडलमा १.० लिटर टिएसआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११५ पिएस र टर्क १७५ एनएम छ । ६ स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको स्कोडा कुशाकको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ ।

य‍ो नयाँ मोडलमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्विएन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सब वुफरसहितको सिक्स स्पिकर जस्ता फिचर उपलब्ध हुनेछन् । यसमा रुफ रेल तथा १७ इन्चको डाइमन्ड कट अलोय ह्विल पनि रहनेछ ।

रोबस्ट तथा मस्कुलर लुकका कारण सबैको आकर्षणको केन्द्र बनेक‍ यो एसयूभीमा ६ वटा एयर ब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प तथा वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम समेत दिइएको छ ।

प्रतिक्रिया