यादवको उम्मेदवारी कायमै रहने
नेपालखोज
२०७९ फागुन २८ गते १२:१८

काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ ।
यादवविरुद्ध परेको उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायमै रहने निर्णय गरेको सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले जानकारी दिइन् ।
यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया