आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेपालकाे सानदार जित
नेपालखोज
२०७९ फागुन २८ गते १५:४४

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध कीर्तिमानी जित निकालेकाे छ ।
जितसँगै नेपालले आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता कायम राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो ।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो ।
सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
उता, युएई भने ३४ खेलमा १४ खेलमा जित तथा १७ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया