शुक्रबार, चैत १६, २०८०

ग्याष्ट्रिक हुनेले त्याग्नैपर्ने खानेकुरा

डा. हेमराज कोइराला २०७९ फागुन २९ गते ७:११

जीवनको कुनै न कुनै कालखण्डमा अम्लपित्त बढ्ने समस्याबाट तपाई हामी सबै ग्रसितभएकै हुनुपर्छ । मुखमा अमिलो पानी उलुक उलुक आउने, पेटको माथिल्लो भाग र छातीको तत्लो भागमा हल्का दुख्ने, छाती पोल्नेहरू जस्ता लक्षण देखिने यो रोग पेटको हाईड्रोक्लोरिक एसिड खाना नली हुँदै मुखतिर उक्लिँदा देखापर्ने गर्छ । हाम्रो खानपान र जीवनशैलीसँग सम्बन्धित यो रोग अम्लकारक खानेकुराहरूको सेवनले गर्दा हुने गर्छ । खानपानमा पहरेज र जीवनशैलीमा सुधार नै यस रोगको मुख्य उपचार हो ।

रक्सी : रक्सी पनिअम्लपित्त कारक पेय हो । रक्सीको सेवनपश्चात तल्लो ईशोफजियल स्फीनेक्टर शिथिलहुने, हाईड्रोक्लोरिक अम्लको उत्पादन बढ्ने र रक्सी आफैले पनिअन्ननलीएवं पेटको भित्रीपत्रमाजलन पैदा गर्ने हुँदा पेट दुख्ने एवं अम्लपित्त बढे गर्छ।

चिया-कफी : चिया र कफीको सेवनपश्चात पनि तल्लो ईशोफजियल स्फीनेक्टर शिथिलहुने हुँदा पेटको एसिड अन्ननली तिर बढ्न जाँदा छाती पोल्ने र अमिलो पानी आउने समस्या देखापर्छ । सफ्टड्रिङ्क : कोकाकोला, पेप्सीकोला, फन्टा, मिरिण्डा, स्प्राईट र डियू, जस्ता शितलपेयको सेवनले पनि अम्लपित्त बढ्दछ । सफ्टड्रिङ्कले अम्लपित्त बढाउनुमा यसले पेट एवं अन्ननलीको भित्रीपत्रलाई जलाउने, तल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिल गराउने, र एसिड उत्पादनलाई बढाईदिने जस्ता कारणहरू पहिचानमाआएका छन् ।

दूध : दूधको सेवनलाई पनि अम्लपित्त कारक मानिएको छ। दूधले पेटमा एसिड उत्पादन बढाई दिने र उच्च चिल्लो भएको दूधले धेरै अम्लपित्त गर्ने पाईएको छ ।

पनिर : पनिर पनि अम्लपित्त कारक खानेकुरा हो। पनिरको सेवनले तल्लो ईशोफजियल स्फीनेक्टर शिथिल बन्न्ने, एसिड उत्पादन नै उच्चहुँने र पेटमा जलन पैदा हुने हुँदा अम्लपित्त बढ्दछ ।

प्रशोधित खानेकुराहरू : जङ्कफूडको नामले चिनिएका प्रशोधित खानेकुराहरूको सेवनले पनि अम्लपित्त बढ्दछ। प्रशोधित खानेकुराहरूमा विशेषतः खाद्य रेशा झिकिएको र अन्य प्राकृतिक गुणधर्म पनि नष्ट गरिएको हुँदा एसिड उत्पादन ज्यादा गराउने, तल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिल बनाउने जस्ता समस्या निम्त्याएर अम्लपित्त गराउदछ ।

पुदिना : पुदिनालाई पेटको लागिअत्यन्त राम्रो जडिबुटी मानिन्छ तर अम्लपित्त र एसिडिटीको सम्बन्धमा भने यो वनस्पतिलाई त्यत्ति राम्रो मानिदैन । अनुशंधानले दर्शाए अनुरूप पुदिनाले तल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिलबनाई दिने र अन्ननलीको भित्री पत्रमा जलन समेत गर्ने हुँदा अम्लपित्त हुन्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया