बिहीबार, वैशाख २०, २०८१

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०७९ फागुन २९ गते ११:१६

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख तीन हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ वृद्धि भई एक हजार दुई सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया