उपराष्ट्रपतिमा प्रमिलाको समर्थन यादवलाई
नेपालखोज
२०७९ फागुन २९ गते १२:४०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । फागुन २७ गते आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएकी यादवले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।
गठबन्धनका तर्फबाट साझा उम्मेदवार भएका पूर्वमन्त्री जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरङ्कुश शासन प्रणालीका विरुद्ध लोकतन्त्र स्थापनका लागि त्याग र संघर्ष गरेका अग्रज नेता समेत रहेको उनले बताइन् ।

सम्बन्धित
प्रतिक्रिया