रासायनिक मलकाे मूल्य बढ्याे
नेपालखोज
२०७९ फागुन २९ गते १८:४०

काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम घटाएर मूल्य बढाएको छ ।
आज (फागुन २९ गते) राति १२ बजेदेखि लागु हुनेगरी मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आज सम्पन्न बैठकले रासायनिक मलको मूल्य बढाएको हो ।
जसअनुसार युरियाको मूल्य प्रतिकेजी ११ रुपैयाँ, डीएपीको मूल्य प्रतिकेजी सात रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी नौ रुपैयाँ बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया