मंगलबार, वैशाख ३०, २०८२

सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका २२ हजारलाई माफी

नेपालखोज २०७९ फागुन २९ गते २१:२७

इरान । इरानको सरकारी सञ्चारमाध्यमले सरकार विरोधी प्रदर्शनमा भाग लिएको आरोपमा पक्राउ परेका २२ हजार व्यक्तिलाई माफी दिइएको बताएको छ ।

इरानको न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईका अनुसार केही व्यक्तिहरू आफ्नो अपराधको लागि दोषी ठहरिएका छन् भने कोही सजायको पर्खाइमा छन् ।

गत वर्षको सेप्टेम्बरमा महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शनको सिलसिला सुरु भएको थियो । यस सम्बन्धमा न्यायधिशहरुलाई प्रदर्शनको नेतृत्व गर्नेलाई कडा सजाय दिन निर्देशन दिइएको थियो ।

प्रतिक्रिया