कति पुग्याे डलरकाे भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ९२ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया