बिहीबार, वैशाख २०, २०८१

सि.बि.आई.एल.बन्यो सिटिजन्स् क्यापिटल, अघि सार्‍यो  ग्राहकमूखी योजना

नेपालखोज २०७९ फागुन ३० गते ९:५३

काठमाडौं । सि.बि.आई.एल. क्यापिटल लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीको चौथौ विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेर सिटिजन्स् क्यापिटल लिमिटेड कायम गरेको छ ।

सिटिजन्स् क्यापिटलका नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई आईपीओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशा/क्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजनाहरु सार्वजनिक गरेको छ ।

संस्थाको नाम परिवर्तनको अवसरमा सो सेवा लिन चाहने पहिलो ५० जना ग्राहकलाई वार्षिक संञ्चालन शुल्कमा पचास प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । क्यापिटलले विगत ७ वर्ष देखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

हाल कम्पनीले दुई अर्बभन्दा बढीको लगानी व्यवस्थापन तथा सिटिजन्स् बैंक लगायतका अन्य कम्पनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउदै आइरहेको छ ।

प्रतिक्रिया