बुधबार, जेठ १, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी लामा पक्राउ

नेपालखोज २०७९ फागुन ३० गते ११:५३

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बिनोद लामालाई सोमबार पक्राउ गरेको जानकारी दिएको छ ।

उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई सिआईबीबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया