बैंक र लघुवित्तविरुद्ध माइतीघरमा र बालुवाटारमा प्रदर्शन चर्किँदै

काठमाडौं । देशभरका उद्योग व्यवसायीहरुले काठमाडौंमा बैंक र लघुवित्तको ‘आतंक’विरुद्ध प्रदर्शनलाई तीव्रता दिएका छन् । आइतबारदेखि नै काठमाडौंकेन्द्रित आन्दोलनलाई उनीहरुले जोड दिएका हुन् । आज पनि उनीहरुले सरकार र राष्ट्र बैंंकविरुद्ध चर्का नारा र प्रदर्शन जारी राखेका छन् ।
बैंक र लघुवित्तले चरम रुपमा बढाएको ब्याज दर र सेवा शुल्कले आफूहरुको उठीबास लागेको भन्दै ऋणीलाई सडकमा पुर्याउने नीति तत्काल खारेज गर्न माग गरेका छन् ।
आज उनीहरुले माइतीघर मण्डला र राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा ब्यानर, प्लेकार्डसहित विभिन्न क्षेत्रमा व्यवसायी गर्दै आइरहेका उद्योग र व्यवसायीहरुले धर्ना दिइरहेका छन् ।
उद्योगी व्यवसायीहरुले कार्यालय समय सुरु भएदेखि नै बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । आफूहरुको पीडा बुझाउन घेराउ गरेको उनीहरुले बताएका छन् । घेराउमा मोरङ, काभ्रे, चितवन, झापा, ललितपुर, भक्तपुर लगायत ४० भन्दा बढी जिल्लाका उद्योगी-व्यवसायीहरु सहभागी छन् ।
प्रतिक्रिया