‘एउटै व्यक्ति राष्ट्रपतिमा दोहोरिने व्यवस्था हटाऔं, प्रतिफल नदिने योजना नबनाऔं’

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्ति एकपटक मात्र राष्ट्रपति बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एकपटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद बन्ने पाउने व्यवस्था आवश्यक रहेको बताए ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसको मंगलबारदेखि काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले एउटै व्यक्ति राष्ट्रपतिमा दोहोरिने व्यवस्थाले राजनीतिमा वितृष्ण बढेको बताए । प्रधानमन्त्रीमा एउटै व्यक्ति पाँच पटक पुग्दासमेत नपुगेको देखेर झनै वितृष्णले सीमा नाघ्दै गएको उनको भनाइ थियो ।
राजनीतिमा आएर पटकपटक राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्ने खेलमै समय जाने र देशको आर्थिक रुपान्तरणको काममा योगदान दिन नसक्ने बताए । उनले एकैपटक देशभर भ्यू टावर र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम व्यवहारिक नभएको बताए । प्रतिफल दिने आयोजना मात्र छनौट गरिनुपर्ने बताए । प्रतिफल दिन नसक्ने धेरै योजना बनाएर मुलुकमा आर्थिक भार थपिने उनको भनाइ थियो ।
प्रतिक्रिया