‘ए’ डिभिजन लिग : आज दुई खेल
नेपालखोज
२०७९ चैत १ गते ९:०६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछन् । लिगको चौंथो चरण अन्तर्गत बुधबार दुई खेलहरु हुन लागेको हो । जसमा एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ ।
च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो २:३० बजे सुरु हुनेछ ।
यस्तै रंगशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया