शनिबार, जेठ ४, २०८२

एकदिवसीय क्रिकेट: १६औं स्थानमा उक्लियो नेपाल

नेपालखोज २०७९ चैत १ गते ९:५५

काठमाडाैं । नेपालले एक दिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरियतामा तीन स्थान सुधार गरेको छ।

आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल तिन स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । आईसीसीले सार्वजनिक गरेको वरीयता अनुसार नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।

जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औँ, अमेरिका १८औँ, यूएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथि अर्थात् १५ औँ स्थानमा छ।

नयाँ ओडिआई वरियतामा भारत शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो स्थानमा छ।

प्रतिक्रिया