हाल्यान्डकाे पाँच गोलमा सहज जितसहित सिटी क्वार्टरफाइनलमा

नेपालखोज २०७९ चैत १ गते १०:२५

काठमाडाैं । एर्लिङ हाल्यान्डले पाँच गोल गर्दा म्यानचेस्टर सिटी मंगलबार आरबी लाइपजिकमाथि अन्तिम १६ दोस्रो लेगमा ७-० को सानदान जितसहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा १-१ को बराबरी खेलेको सिटी समग्रमा ८-१ को जितसहित अघिल्लो चरण प्रवेश गरेको हो ।

यसै सिजन मात्र बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका हाल्यान्डले सबैखाले प्रतियोगिता गरि ३९ गोल गरिसकेका छन । यससँगै उनले टमी जोन्सनले १९२८–२९ सिजनमा राखेको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत तोडेका छन ।

२२औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै हाल्यान्डले सिटीको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता थप बढाएका थिए । जारी सिजन सबैखाले प्रतियोगिता गरि हाल्यान्डले ह्याट्रिक पूरा गरेको यो पाँचौ पटक हो ।

प्रतिक्रिया