पेरिसको सडकमा थुप्रियो काठमाडौंको जस्तै फोहर
नेपालखोज
२०७९ चैत १ गते १२:३३

काठमाडाैं । फ्रान्समा पेन्सनको उमेर दुई वर्ष बढाउने योजनाको विरोधमा राजधानी पेरिसमा फोहोर उठाउनेहरू एक सातादेखि हडतालमा छन् भने पेरिस बाहिर फोहोर जलाउने तीन वटा कारखानाको काम रोकिएको छ ।
गत हप्तादेखि, सिटी हलका कर्मचारीहरूले पेरिसका आधा जिल्लाका फोहोर मात्र उठाइरहेका छन् जसका कारण सहरका धेरै ठाउँका सबै डस्टबिन भरिएका छन् र मानिसले फोहोरले भरिएको झोला फुटपाथमा राख्न थालेका छन् ।
पेरिसको फोहोर एजेन्सी ‘सेक्टम’ ले अन्य फोहोर फाल्ने कारखानाहरूमा फोहोर फाल्ने ट्रकहरू पठाउँदै आएको बताएको छ। हालसम्म यो समस्या समाधान गर्न प्रहरीको सहयोग लिइएको छैन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारले अवकाशको उमेर ६२ बाट बढाएर ६४ गर्ने योजना प्रस्ताव गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया