सोमबार, वैशाख २९, २०८२

जर्मनीको भाटभटेनि काउफफका आउट्लेट बन्द हुँदै

नेपालखोज २०७९ चैत १ गते १२:३७

एजेन्सी ।  दैनिक भान्साका अत्यावश्यक वस्तुदेखि फेसन र ठुला इलेक्ट्रोनिक उपकरणसम्मका सयौँ सामान बेच्ने चेन सपिङ स्टोर  जर्मनीको कुनै पनि सहरमा भेट्टाउन गाह्रो छैन । त्यहाँका ठुला शहरहरू काउफफ सँगै दौडन्छन् । यद्यपि अर्थतन्त्रको बदलिँदो अवस्था तथा जनताको स्वादले यी पसलहरूको गति मति बिगारेको छ ।

यी ठुला स्टोरहरू चलाउनु कम्पनीका लागि भारी साबित भइरहेको छ । हाल जर्मनीमा १ वटा २९ काउफहफ सञ्चालनमा छन् जसमध्ये कम्पनीले ५२ वटा पसल बन्द गर्न चाहेको छ । काउफोफका खराब दिन कोरोना अवधिमै सुरु भएका हुन । जर्मनीका श्रम मन्त्री ह्युबर्टस हेलले यसलाई देशका प्रमुख सहर एवं  पसलका कामदारहरूका लागि खराब खबर बताएका छन् ।

कम्पनीको केन्द्रीय कार्य परिषद्ले योजनाअनुसार पसल बन्द भए ५ हजारले रोजगारी गुमाउने बताएको छ । कर्मचारीहरूलाई लेखेको पत्रमा, कम्पनी प्रमुख मिगुएल मुलेनब्याचले भनेका छन् । कम्पनीले बढ्दो ऊर्जा मूल्य तथा ग्राहकहरूको घट्दो सङ्ख्याका कारण सङ्घर्ष गरिरहेको छ।

प्रतिक्रिया