प्रधानमन्त्री दाहालले ६ गते विश्वासको मत लिने
नेपालखोज
२०७९ चैत १ गते १३:२२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमान्त्री दाहाले हिजो (मंगलबार) शिर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग छलफल गरेको स्रोतले बताए ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया