तस्बिरमा भएको त्रुटि सच्यायाे शीतल निवासले

नेपालखोज २०७९ चैत १ गते १५:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा भएको त्रुटि शीतल निवासले सच्याएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया परिवर्तन गरिएको तस्बिर सार्वजनिक गरेको थियो ।

सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी सम्पादन गर्ने काम भएको भन्दै आलोचना भएपछि शीतल निवासले दुई दिनपछि फोटो सच्याएको हो ।

कार्यालयले शपथग्रहण भएको दिनमा वेभसाइटमा राखिएको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई सम्पादन गरी हटाइएको थियो ।

अनुहारको रंगलाई समेत सम्पादन गरिएको थियो । कार्यालयले बुधबार आफ्नो वेभसाइटमा पौडेलको सबै हुलिया दुरुस्त देखिने नयाँ तस्बिरमा अपलोृड गरेको छ ।

प्रतिक्रिया