बिहीबार, असार १९, २०८२

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ चैत १ गते १६:३३

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । उच्च अदालत पाटन, ललितपुरबाट कैद, जरिवाना तोकिई फरार रहेका प्रतिवादी पुरन बहादुर घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले बिगो ३६ लाख ८८ हजार जाहेरवालालाई भराई बिगो बमोजिम ३६ लाख ८८ हजार रुपैंयाँ जरिवाना, क्षतिपुर्ति शुल्क एक लाख ४७ हजार पाँच सय २० रुपैयाँ राहत कोषमा जम्मा गराई आठ दिन कैद हुने ठहर भई हाल सम्म फरार रहेका प्रतिवादी घलेलाई बुधबार काठमाण्डौ बुढानिलकण्ठ ६ खड्क भद्रकालीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका घलेलाई बुधबार नैं फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाईएको उक्त कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया