शनिबार, वैशाख १५, २०८१

डिप्रोक्स लघुवित्तले ११ दशमलव ०५ प्रतिशत नगद लाभाशं दिने

नेपालखोज २०७९ चैत १ गते १७:३२

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभासम्पन्न भएको छ । होटेल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा आयोजित उक्त सभामा संस्थाका अध्यक्ष दिपक खनालले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्दै सो प्रतिवेदन उपर सेयरधनीहरुले राखेका राय सुझाव तथा जिज्ञासाहरुको स्पष्ट पारे ।

सेयरधनीहरुलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत तथा सभाको सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले गरेका थिए ।

संस्थाले आ.व २०७८÷०७९ मा रु. ८० करोड ९२ लाख १४ हजार सञ्चालन मुनाफा सहितबाट शेयरधनीहरुलाई ११ दशमलव शुन्य पाँच प्रतिशत नगद लाभाशं (कर सहित) र १० प्रतिशत बोनस शेयर वितरण गर्ने, आ.व. २०७९÷०८० को लेखापरीक्षकको नियुक्ति गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने निर्णय गरेकाे छ ।

साथै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आदान प्रदान अनुपात १ः१ (एक कित्ता बराबर एक कित्ता) कायम गर्ने, अन्तिम समझदारी गर्ने, प्राप्ति (एक्विजिशन) पश्चात् प्रबन्धपत्र र नियमावली संशोधन तथा शेयर संरचना परिवर्तन गर्ने लगायत प्राप्ति (एक्विजिशन) प्रक्रियासँग सम्बन्धित सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरु सभाले पारित गरेको छ । बोनस शेयर बितरण पश्चात संस्थाको चुक्ता पुँजी एक अर्व ५२ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, डिप्रोक्स नेपाल र बैंक तथा वित्तीय क्षेत्रका बिशेषज्ञहरुको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशतिmकरण सहित गरिवी न्युनिकरणको मुख्य उद्देश्य लिएर स्थापित यस संस्थाले हाल देशको ७१ जिल्लामा एक सय ४९ शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ । चालु आ.व. को दोश्रो त्रैमाससम्ममा संस्थाले ग्रामिण क्षेत्रका करिव दुई लाख ४५ हजार सदस्यहरुलाई १८ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया