निर्वाचन अधिकृतको कार्यालयले कांग्रेससँग माग्याे लिखित जवाफ
नेपालखोज
२०७९ चैत १ गते १९:२३

काठमाडाैं । नेपाली कांग्रेससँग निर्वाचन अधिकृतको कार्यालयले लिखित जवाफ मागेको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेकार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागेकाे हाे ।
आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो ।
साे निर्णय बाहिरिएपछि निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा (एमाले)ले निर्वाचन आयोगमा उजुरी दिएको थियाे । कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया