डीडीसी दुधको मूल्य प्रति प्याकेट पाँच रुपैयाँ ५० पैसा बढ्याे

नेपालखोज २०७९ चैत १ गते १९:३२

काठमाडाैं । दुग्ध विकास संस्थानले डीडीसी दुधको मूल्य बढाएको छ । संथानले डीडीसी दुधको मूल्य प्रति प्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको हो ।

यो मूल्य चैत २ गते (बिहीबार)देखि लागु हुने संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

यसअघि संस्थानले बिक्री गर्दै आएको डीडीसी दुधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दुध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नु पर्नेछ ।

प्रतिक्रिया