नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत १ गते २१:५१

मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने ।

चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार ।

उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने ।

मनाङ्गेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन ।

डीडीसी दुधको मूल्य प्रति प्याकेट पाँच रुपैयाँ ५० पैसा बढ्यो ।

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो, सम्झौता अवधि तोकी स्वीकृति दिइने ।

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक ।

प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने ।

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक ।

विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप ।

मौन अवधि विपरित काम गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेससँग माग्यो लिखित जवाफ ।

सत्तारुढ १० दलीय गठबन्धनको बैठक निष्कर्षविहिन, बिहीबार फेरि बस्ने ।

आईसीसी विश्वकप लिग– २ अन्तर्गत पीएनजीमाथि यूएईको सानदार जित ।

‘ए’ डिभिजन लिग अन्तरगत आर्मीलाई एपीएफले हरायो, मनाङसँग एनआरटी पराजित ।

प्रतिक्रिया