आजदेखि डीडीसी दूध लिटरको ९७ रुपैयाँ
नेपालखोज
२०७९ चैत २ गते ७:०४

काठमाडाैं । दुग्ध विकास संस्थानले डीडीसी दुधको मूल्य बढाएको छ । संथानले डीडीसी दुधको मूल्य प्रति प्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्याएको हो ।
बढाएकाे मूल्य आजदेखि लागु हुने संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए । यसअघि संस्थानले बिक्री गर्दै आएको डीडीसी दुधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दुध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नु पर्नेछ ।
लिटरमा भने डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य ११ रुपैयाँले वृद्धि भएको अधिकारीले बताए । मूल्यवृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । आजदेखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ ।
डीडीसीले काठमाडौं उपत्यकामा चार किसिमका दूधहरू बिक्री गर्दै आएको छ । अरू दूधको मूल्य आई नसकेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया