बालिमा रुसि र युक्रेनिहरुको करामत

काठमाडाैं । पछिल्लो समय इन्डोनेसियाको बाली टापुमा पर्यटकले ट्राफिक नियम तोडेका अनेकन घटना बाहिर आएका छन् । त्यसैले त्यहाँ विदेशी पर्यटकले भाडाका मोटरसाइकलमा घुम्न नपाउने नियम बनाइएको छ ।
बालीका गभर्नर वेन कोस्टरले यहि वर्षदेखि लागू हुने परिवर्तन अन्तर्गत विदेशी पर्यटकले ट्राभल एजेन्टबाट भाडामा लिन सक्ने कार मात्र चलाउन पाउने बताएका छन् । उनले भने, पर्यटक हो भने पर्यटक जस्तै व्यवहार गर्नुपर्छ । मोटरसाइकलमा त्यो पनि टि-सर्ट वा कपडा नलगाई अनि ट्राफिक नियम उल्लङ्घन गर्दै लाइसेन्स र हेलमेट बिना घुमफिर गर्नुको सट्टा ट्राभल एजेन्टका सवारी साधनहरू प्रयोग गर्नुहोस् ।कोस्टरका अनुसार बालीको पर्यटन व्यवसाय महामारीबाट पुन: पुरानै लयमा फर्किरहेको छ र यो कदम ट्राफिक अराजकतालाई सम्बोधन गर्ने उद्देश्यले चालिएको हो ।
बाली टापुको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा आधारित छ । सन् २०१९ मा ६२ लाख विदेशी पर्यटक त्यहाँ पुगेका थिए । यद्यपि स्थानीयवासीसँग पर्यटकहरुले गरेका गलत र नराम्रो व्यवहारका समाचार भने निरन्तर आइरहेका छन् । पछिल्ला केही वर्षयता सामाजिक सञ्जालमा विदेशी बाइकरहरूले खतरनाक ड्राइभिङ गरेको थुप्रै भिडियो तथा पोस्टहरू देखिएका छन् । एक रूसी इन्स्टाग्रामरले २०२० मा आफ्नो स्टन्टको एउटा भिडियो पोस्ट गरे ।
हालसालै एउटा अर्को भिडियोमा हेलमेट नलगाएको भन्दै एक विदेशी महिलालाई प्रहरीले रोकेको र उनले आफ्नो गल्ती स्वीकार गर्नुको सट्टा उल्टै प्रहरी झगडा गर्न थालेको देखिन्छ । त्यो घटनामा एक रूसी नागरिकलाई मापासे गरेर सबारि चलाएको आरोपमा गिरफ्तार गरियो । उनले एक स्थानीय चालकलाई कुटपिट समेत गरेका थिए । उक्त दुर्घटनामा दुबै जना घाइते भएका छन् । यो घटनामा उनलाई अस्पताल समेत भर्ना गर्नुपरेको थियो । अन्य दुई छुट्टाछुट्टै सडक दुर्घटनामा एक युक्रेनी र एक रुसी नागरिकको मृत्यु भएको छ ।
यस्ता घटना बिच कोस्टरले युक्रेनी तथा रुसी पर्यटकका लागि भिसा अन अराइभलको नीति खारेज गर्न पनि सरकारसँग माग गरेका छन् । उनका अनुसार यी दुई देशका नागरिकले स्थानीय नियम- कानुनहरु उल्लंघन गरिरहेका छन् । सञ्चारमाध्यममा पर्यटक भिसामा गैरकानूनी रूपमा काम गर्ने विदेशीहरूको समाचार पनि आएका छन् । इन्डोनेसिया आउने विदेशी पर्यटकमध्ये रुसबाट आउने निकै हुन्छन् र ति मध्ये अनेकौं रुसि महामारी र रुस- युक्रेन युद्धको बहानामा त्यहीँ स्थायीरुपमा बस्दै आएका छन् ।
प्रतिक्रिया