सोमबार, वैशाख २९, २०८२

दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार

नेपालखोज २०७९ चैत २ गते ११:४४

काठमाडौं । दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ ।

जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका छन्। बिहीबार बिहान प्रहार गरिएको मिसाइल जापानबाट करिब एक हजार किलोमिटर पश्चिममा समुद्रमा खसेको थियो ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समय बिहान ७:१० मा (भारतीय समय अनुसार ०३:४० बजे) मिसाइल प्रक्षेपण गरिएको थियो । -बीबीसी हिन्दी

प्रतिक्रिया