महंगि बढयो शतप्रतिशत

काठमाडौं । अर्जेन्टिनामा मुद्रास्फीति दर १०० प्रतिशत नाघेको छ । ९० को दशकमा उच्च मुद्रास्फीतिको युगपछि यस्तो अवस्था आएको यो पहिलो पटक हो । अर्जेन्टिनाको तथ्याङ्क निकायका अनुसार फेब्रुअरीमा मुद्रास्फीति बढेर १०२.५ प्रतिशत पुगेको छ । अर्थात् २०२२ को तुलनामा सामानको मूल्य दोब्बर भएको छ । अर्जेन्टिना विगत केही वर्षदेखि आर्थिक संकटले गुज्रिरहेको छ भने देशका अधिकांश जनता गरिबीमा बाँचिरहेका छन् ।
सरकारले वस्तुको मूल्य तोकेर चर्को मुल्य वृद्धि घटाउन खोजे पनि मुद्रास्फीति नियन्त्रण गर्न सकेको छैन । जनवरीको तुलनामा फेब्रुअरीमा खाद्यवस्तुको मूल्यमा ९.८ प्रतिशतले वृद्धि भएको छ । रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै ब्यूनस आयर्स नजिकै बस्ने ७४ वर्षीया डेविता भन्छिन्, ‘म त्यस दिन तीनवटा ट्याङ्गेरिन, दुई सुन्तला र एक किलो टमाटर किन्न आएको थिएँ । पसलले मलाई ६५० पेसो (लगभग ४२५ रुपैयाँ) मागेको थियो। मैले भनेँ सबै निकालेर टमाटर मात्र दिनु । मसँग त्यति पैसा छैन ।’ गत सेप्टेम्बरमा अर्जेन्टिनामा पनि मुद्रास्फीतिलाई लिएर प्रदर्शन भएको थियो।
प्रतिक्रिया