जसपाले अन्सारीलाई समानुपातिक सांसद बनाउने
नेपालखोज
२०७९ चैत २ गते १४:४७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने भएको छ ।
बालकुमारीमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अन्सारीलाई अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् ।
जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया